धार्मिक/सांस्कृतिक
आज मिति २०८२ साल असार ४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चितवन, असार ४-
वि.सं.२०८२ साल आषाढ ४ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएकोे राशीफल:
मेषः
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । दिनको उत्तरार्ध वादविवादको सम्भावना देखिन्छ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्न सक्नेछन् ।
वृष:
अभिष्ट कार्य सिद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ । बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्नेछ ।
मिथुनः
महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री साथै गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिनेछ ।
कर्कटः
आज काममा केहि चुनौति देखा पर्नसक्नेछ । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता नगर्नु होला, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्नु राम्रो पक्ष हुनेछ । दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको देखिन्छ ।
सिंह:
धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुनेछन् । तपाईको आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउन सक्नेछ, सजक रहनु राम्रो पक्ष हुनेछ ।
कन्या:
द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन् । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ ।
तुला:
राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाई लेखार्ईमा सफलता हात लाग्ने छ । आज उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
बृश्चिक:
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । दिनको उत्तरार्ध भने सुखद देखिन्छ । नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ ।
धनु:
मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ ।
मकर:
विभिन्न अवसर प्राप्त हुनाले जोशजाँगर र हिम्मत बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दानपुण्य र भेटघाटमा धन खर्च हुनाले मनमा सन्तोष मिल्नुका साथै मानसिक सन्तुष्टि प्राप्त हुनेछ ।
कुम्भ:
व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । आफन्त तथा परिवारजनसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शुभ चिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । तपाईंको विशेष प्रयत्नले आर्थिक लाभ तथा मानसम्मान कमाउने अवसर मिल्नेछ ।
मीन:
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । सवारी साधनको प्रयोग गर्दा भने विषेश ध्यान दिनुहोला । पैसा माग्नेदेखि सजक रहनु राम्रो पक्ष हुनेछ ।