Breaking News

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालनमा

Banner

चितवन, असार ३–

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो अपरान्ह ४ बजे हटाएपछि दुइतर्फी संचालनमा आएको हो ।

गयराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दुईतर्फी रुपमा एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि सवारी चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो ।

यसैबीच पहिरो हटाएर सवारी आवागमन सुचारु गर्दा माथिबाट ढुंगा छतमा खसेर हायस माइक्रो र एम्बुलेन्समा सामान्य क्षति पुगेको छ । एम्बुलेन्सको सिसा चर्किए सामान्य क्षति पुगेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>