समाचार
रास्वपाले वेल घेरेर नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
०

काठमाडौं, असार ३-
प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
वेल घेरेर रास्वपाले निरन्तर नाराबाजी गरेपछि सभामुखले आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरे ।