बाढि पहिरो

काठमाडौंसहित ३७ जिल्लामा बाढीको जोखिम

Banner

काठमाडौँ, असार ३-

आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ।

आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा आसपास भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने अनुमान गरेको छ ।

यसैगरी, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौं, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा आसपासका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक महाशाखाले अनुरोध गरेको हो ।

यीमध्ये बाढी महाशाखाले १८ जिल्लालाई भने पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही छन् ।

गएराति मध्यम वर्षा भएको काठमाडौं उपत्यकामा बिहान पानी पर्नेक्रम रोकिएको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>