चितवन विशेष
रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान
०

चितवन, जेठ ३१-
ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् ।
रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेका छन् ।
रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको बताइएको छ । यसअघि लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत संकलन गरेको बताइको छ।