चितवन विशेष
चितवनमा अन्तर्राष्ट्रिय प्रत्यक्ष पशु निर्यात अन्त्य सचेतना दिवस मनाइयो

भरतपुर,जेठ ३१-
चितवनमा अन्तर्राष्ट्रिय प्रत्यक्ष पशु निर्यात अन्त्य सचेतना दिवस मनाइएको छ । एनिमल नेपाल चितवनको आयोजनामा आज (शनिवार) साइकर र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । प्रत्यक्ष पशु आयातमा भइरहेको अमानवियता र क्रुताका बिरुद्ध जनचेतना फैलाउन र दिर्घकालिन समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उदेश्यले साइकल र्याली निकालिएको एनिमल नेपालकी दिपा केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान चितवनको चौविसकोठीबाट र्याली सुरु भई लायन्सचोक पुल्चोक आँपटारी हुँदै रामनगरस्थित प्रज्ञा स्मार्ट पार्क पुगेर समापन गरिएको थियो ।
यही सडकहुँदै राँगा,भैसीलाई पिडादायिक अवस्थामा सयौंको संख्यामा राजधानी तर्फ लैजाने गरिन्छ । कार्यक्रममा चितवन एनिमल सेवा,एनिमल एलायन्स एशिया,एनिमल राइट्स क्लब नेपाल,फाउण्डेशन फर युथ एनिमल चिल्ड्रेन एण्ड इन्भाइरोमेन्ट लगायतका संघसंस्था र पशुप्रेमीहरुको सहभागिता रहेको थियो । सो क्रममा उनिहरुले रामनगरमा पुगेर पशु प्रत्येक्ष यातायातमा पुर्ण प्रत्येक्ष प्रतिबन्धको माग गर्दै हस्ताक्षर संकलन समेत गरेका थिए । सो हस्ताक्षरपत्र चितवनका प्रमुख जिल्ला अधिकारी र क्वारेन्टाइनको कार्यालयलाई बुझाइने केसीले जानकारी दिनुभयो ।