Breaking News

भरतपुर महानगरमा व्यतिथिः एउटै कर्मचारीले अनुगमन भत्तामात्रै बुझे ४ लाख १९ हजार

अनुगमनमा सकियो १ करोड ५८ लाख रुपैंया

Banner

भरतपुर,जेठ ३१-

चितवनको भरतपुर महानगरपालिकामा अनुगमनका नाममा ठूलो रकम खर्च भएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४२ वटा कार्यक्रमको अनुगमन गर्दा १ करोड ५८ लाख १० हजार रुपैंया खर्च भएको पाइएको हो । यो रकम पालिकाको आन्तरिक आयको १.१९ प्रतिशत दैनिक भ्रमण बाहेकको अनुगमन खर्च हो । महानगरको आन्तरिक आय १ अर्व ३३ करोड १९ लाख ८७ हजार ५ सय २० रुपैंया रहेको छ ।

अनुगमनमा केही कर्मचारी तथा पदाधिकारीले ४ सय २० पटक सम्म अनुगमन गरी भत्ता लिएको महालेखाले जनाएको छ । यसरी गरिएको अनुगमनले मापन मूल्याङकनको प्रभावकारीता र औचित्यता पुष्टि गर्न नसकेको महालेखाको ठहर छ ।

वर्षमा ३ सय ६५ दिन मात्रै हुने भएपनि प्रशासन महाशाखा प्रमुख उपेन्द्र पौडेलले ४ सय २० पटकको ४ लाख १९ हजार ९ सय ५० रुपैंया भत्ता बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । दैनिक भ्रमण भत्ता भुक्तानी भएको,बैदेशिक भ्रमणमा रहेको तथा महानगर क्षेत्र बाहिर रहेको अवस्था बाहेक कार्यलयमा हाजिर भएको दिन अनुगमन गरी महानगरले भत्ता भुक्तानी खर्च गरेको विवरण महालेखाले लेखा परीक्षण गर्दा फेला पारेको हो ।

यस्तै योजना महाशाखा प्रमुख ओम पाण्डेले ३ सय ४२ पटकको ३ लाख ४१ हजार ६ सय ५० रुपैंया , प्राविधिक महाशाखा प्रमुख सन्तोष आचार्यले ३ सय ६ पटक अनुगमन गरेर ३ लाख ५ हजार ८ सय ५० रुपैंया, आर्थिक महाशाख प्रमुख जगन्नाथ अर्यालले ३ सय ४२ पटकको ३ लाख ४२ हजार ४ सय १८ रुपैंया , नगर उपप्रमुख चित्रसेन अधिकारीले २ सय ६५ पटकको २ लाख ६६ हजार ४ सय ५० रुपैंया अनुगमन भत्ता बुझेका छन । यो महानगरपालिकामा संचालित कार्यक्रम मध्ये केही कर्मचारी र पदाधिकारीको मात्र नमुना परीक्षण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>