चितवन विशेष

पत्रकारहरु माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न प्रेस युनियनको माग

Banner

चितवन, जेठ ३०–

नेपाल प्रेस युनियन केन्द्रीय समितिले चितवनमा एक पत्रकार सम्मेलनमा पत्रकारहरु माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ ।

महासचिव दिलीप पौडेलद्धारा जारी विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरी पत्रकार आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।

प्रेस युनियनद्धारा जारी विज्ञप्तीः

चितवनको भरतपुर–७ मा रहेको लाल्सा रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरिरहेको अवस्थामा केही व्यक्तिले नेपाल प्रेस युनियन, चितवन शाखाका अध्यक्ष अनिल ढकालसहितका पत्रकारलाई हातपात तथा दुव्र्यवहार गरेको विषयमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । चितवनको वेस्ट ब्रेन एजुकेसन भिजा सर्भिसले बेलायत लैजाने भन्दै ठगी गरेको विषयमा पीडितले पत्रकार सम्मेलन गरिरहेको अवस्थामा केही व्यक्तिले कार्यक्रम स्थलमा प्रवेश गरी गुन्डागर्दी शैलीमा ढकालसहितका पत्रकारलाई हातपात गर्ने, क्यामेरा खोस्न प्रयत्न गर्ने, फोटो भिडिओ डिलिट गर्न दबाब दिने कार्यको प्रेस युनियन घोर निन्दा र भत्र्सना गर्दछ ।
चितवनका कार्यरत पत्रकार संस्थाहरूका अनुसार भरतपुर महानगरपालिका–४ बस्ने कमला सापकोटा, सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका–८ का सविन थापालगायतका व्यक्तिले पत्रकारमाथि आक्रमण गरेका हुन् । पत्रकारमाथि कुटपिटको प्रयास गर्दा घटनास्थलमा रहेको प्रहरी रमिते बन्नु चिन्ताको विषय हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उलंघनका घटना दिनानुदिन बढ्दै गइरहेको अवस्थामा चितवनमा भएको घटना त्यसकै निरन्तरताका रूपमा रहेको युनियनले लिएको छ ।
नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीमा रहेका पत्रकारलाई रिर्पोटिङकै क्रममा भौतिक आक्रमण हुनुले पत्रकारको सुरक्षामा चुनौती थपिएको छ । पत्रकारलाई निर्वाध रूपमा पेसागत जिम्मेवारी पूरा गर्ने वातावरण सिर्जना गर्न सबै सरोकारवालालाई युनियन अपिल गर्दछ । घटनाको सत्यतथ्य छानबिन गरी पत्रकार आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न प्रेस युनियन प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछ ।

दिलीप पौडेल

महासचिव

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>