चितवन विशेष

कर्णालीका मुद्दा लिएर खाली खुट्टा काठमाडौं हिँडेका बोहोरा चितवनमा

Banner

चितवन,जेठ २९-

कर्णालीका समस्या लिएर २६ दिनदेखि खाली खुट्टा पैदल सुर्खेतदेखि काठमाडौं हिडेका नवराज बोहोरा चितवन आइपुगेका छन । सुर्खेतदेखि खाली खुट्टा पैदल हिँडेका उनी २६ दिनमा चितवनको दासढुङ्गा आइपुगेका हुन । अनियमितता, भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको समस्या बालुवाटार पु¥याउने भन्दै उनी जेष्ठ ४ गते सुर्खेतबाट हिँडेका थिए । बोहोराले खाली खुट्टा हिँडेर कर्णालीका समस्या बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउने योजना बनाएका छन् । गर्मी मौसममा खाली खुट्टा हिँडेरै २६ दिनमा दासढुङ्गा आइपुगेका हुन ।

सुर्खेतमा सामाजिक विषयका मुद्दाहरू उठान गर्ने बोहोरा सडकमा छाडा छोडिएका गाईबस्तुहरूको संरक्षकका रुपमा समेत कहलिएका छन् । कर्णालीमा वातावरण प्रदूषणदेखि थुप्रो मुद्दामा उनले आवाज उठाउने गरेका छन् । लामो समयदेखि खाली खुट्टा हिँड्दा खुट्टामा समस्या आएपनि उनी निरन्तर हिँडिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>