धार्मिक/सांस्कृतिक
आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

चितवन, जेठ ३०-
वि.सं.२०८२ साल ज्येष्ठ ३० गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएकोे राशीफल:
मेष:
मनमा धार्मिक भावना प्रवल रहनेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ ।
वृष:
आज योजना ठूलो बन्नेछ तर महत्त्वाकांक्षा पूरा गर्न निकै संघर्ष गर्नुपर्ला । नियमित काममा समेत अवरोध देखा पर्नेछ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्ने योग छ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्ने देखिन्छ ।
मिथुन:
विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा विदेशयात्राको अवसर जुट्ने बलियो सम्भावना छ । पेशा–व्यवसायमा पनि सहयोगी र शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ । दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ ।
कर्कट:
प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ । सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेशा–व्यवसाय प्रारम्भ हुने समय छ । आँटेको कार्य बन्नाले अन्य कार्यमा समेत जोश जाँगर जाग्नेछ ।
सिंह:
बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा श्रीः वृद्धि हुने देखिन्छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।
कन्या:
आज शरीरमा आलस्यता उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । घरायसी झमेलामा परिनेछ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ ।
तुला:
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । सबै खालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्ने छन् । मन स्थीर हुनाले आँटे ताकेका कुराहरु प्राप्त गर्न धेरै हदसम्म सफल भइँने छ । खानपिनको मामलामा मन ज्यादा मोहित हुने देखिन्छ ।
बृश्चिक:
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । कृषि व्यवसाय तथा पशुधनबाट पनि विशेष फाइदा हुने दिन छ ।
धनु:
मानसम्मान तथा यश प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्नेछ ।
मकर:
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । सोचेका तथा आँटेका कार्यहरुमा बाधा अड्चन आइ पर्न सक्नेछन् । नयाँ कार्यको सुरुवात नगरेकै उचित हुनेछ । विशेष अवसर प्राप्त भएपनि ईष्र्या गर्नेहरूले दुःख दिनेछन् ।
कुम्भ:
अतिथिका रूपमा सम्मान पाईनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
मीन:
सामाजिक र सरकारी गतिविधिमा सक्रिय भईने छ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । परिवारजनबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।