चितवन विशेष

चितवनमा दुई दिन सुनचाँदी पसल बन्द हुने

Banner

चितवन, जेठ २७-

चितवनका सुनचाँदी पसल दुई दिन बन्द हुने भएका छन् । सरकारले ल्याएको बजेटमा असन्तुष्ट जनाउँदै यहाँका व्यवसायीहरुले जेठ २९र ३० गते जिल्लाभरका सबै सुनचाँदी पसल बन्द गर्न लागेका हुन् ।

सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा,जवाहरात लगायतका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सरकारले ल्याएको यस कर नीतिले व्यवसायी मात्र होइन आम उपभोक्ता समेत मारमा बताउँदै बन्द गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष उसब खाती बिकले विलासिता करको नाममा व्यवसायलाई धरासायी बनाउने यस्तो नीति तत्काल खारेज हुनुपर्ने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>