खैरहनी
गर्मी बढेपछि खैरहनी नगरपालिकाले पनि दियो बिदा
०

चितवन, जेठ २७–
अत्याधिक गर्मी बढेपछि खैरहनी नगरपालिकाले विद्यालयहरुम सार्वजनिक बिदा दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले भोलि (बुधबार) एक दिनका लागि नगर भित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस वर्षको वर्षे सट्टा बिदा दिने गरी यो निर्णय गरिएको उहाँले बताउनुभयो ।
यसअघि आज नै भरतपुर महानगरपालिकाले सूचना जारी गर्दै महानगर भित्रका विद्यालयहरुमा ३ दिन बिदा दिने निर्णय गरेको थियो । भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।
चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।