देश/प्रदेश

बेगनासमा पौडी खेल्दा बेपत्ता, ३५ फिट गहिराइबाट निकालियो शव 

Banner

पोखरा, जेठ २६-

कास्कीको बेगनास तालमा बेपत्ता पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ । बेगनासमा पौडी खेल्नेक्रममा बेपत्ता भएका पुरूषको शव ३५ फिट गहिराइबाट निकालिएको हो ।

आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझकुनास्थित बेगनास तालमा पौडी खेल्न पुगेका गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।

उनको शव आज (सोमबार) सशस्त्र प्रहरी बलको गोताखोरले ३५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं-२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>