खेलकुद

नेपाललाई स्कटल्याण्डले दियो ३२४ रनको विशाल लक्ष्य

Banner

काठमाडौं, जेठ २५-

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पाएको छ ।

स्कटल्याण्डमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।

उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुईदुई र ललित राजवंशीले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>