अन्तर्राष्ट्रिय

कोलम्बियामा राष्ट्रपतिका उमेदवारमाथि गोली प्रहार

Banner

काठमाडौं, जेठ २५-

कोलम्बियाका राष्ट्रपति पदका उमेदवार मिगुएल उरीबे टर्बेमाथि बोगोटामा एक चुनावी कार्यक्रमका क्रममा गोली प्रहार गरिएको छ । कोलम्बियाको विपक्षी दल सेन्ट्रो डेमोक्रेटिकोका नेता ३९ वर्षीय मिगुएलले शनिबार बोगोटास्थित एउटा पार्कमा नागरिकलाई सम्बोधन गरिरहेका बेला आक्रमण गरिएको हो ।

मिगुएलमाथि एक व्यक्तिले तीन गोली प्रहार गरेका थिए । उनको टाउकामा दुई गोली लागेको बीबीसीले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार, प्रहरीले घटनास्थलबाट १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । फोनमा रेकर्ड भएको भिडियोमा उनले भाषण गरिरहेका बेला गोली लागेको र त्यसपछि त्यहाँ भागदौडको माहोल बनेको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>