अन्तर्राष्ट्रिय

अमेरिकामा एउटै घरमा चार नेपाली मृत फेला

Banner

काठमाडौं, जेठ २४-

अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना नेपाली मृत फेला परेका हुन् । मृत्यु हुनेमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षका सन्तोष परियार र ३६ वर्षकी अञ्जु श्रेष्ठ रहेका एनबीसीवासिङटन अनलाइन समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार छिमेकीहरूले बताएअनुसार उनीहरू ६ महिनाअगाडि नेपालबाट अमेरिका गएका थिए । चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट छ । गोली लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>