अर्थ

फागुनसम्म करिब १० हजार उद्योग दर्ता

Banner

काठमाडौँ, जेठ १५-

२०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन् र ती उद्योगबाट ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान छ। संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षण अनुसार उद्योगहरूको हिस्सा क्रमशः ठूला १५ प्रतिशत, मझौला २२ प्रतिशत र साना ६३ प्रतिशत रहेको छ।
चालु आवमा ४ सय ३८ उद्योग थप दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ र २३ हजार ६०४ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
१५ जेठ, काठमाडौं । उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन् । संसद्मा प्रस्तुत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५ प्रतिशत, २२ प्रतिशत र ६३ प्रतिशत रहेको छ ।

यस अवधिसम्मको कुल स्वीकृत लगानी ३२ खर्ब ४८ अर्ब ७ करोडमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८३ प्रतिशत, १० प्रतिशत र ७ प्रतिशत रहेको छ । यी उद्योगबाट २०८१ फागुनसम्म ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान छ ।

२०८१ फागुनसम्म दर्ता भएका उद्योग संख्याका आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगको हिस्सा क्रमशः ३५.८४ प्रतिशत, २५.७९ प्रतिशत र २३.१० प्रतिशत रहेको छ । सबैभन्दा न्यून पूर्वाधारसम्बन्धी उद्योगको ०.७६ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>