आर्थिक
चालु आवमा सबै बालीको उत्पादन बढ्ने

काठमाडौं, जेठ १५-
चालु आर्थिक वर्ष २०८१/०८२ मा सबै बालीको उत्पादन सामान्यरूपमा बढ्ने अनुमान आर्थिक सर्वेक्षणले देखिएको छ । संसदमा प्रस्तुत भएको चालु आवको आर्थिक सर्वेक्षण अनुसार बालीहरुको उत्पादन बढ्ने अनुमान सार्वजनिक भएको हो ।
धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ । यस्तै, औद्योगिक बालीको उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल बाली ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले देखाएको छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादन ४.०४ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको छ । चालु आर्थिक वर्ष धानबालीको औसत उत्पादकत्व ५।३८ प्रतिशतले वृद्धि भई ४.१९ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।
कुल बाली उत्पादनमा खाद्यान्नको हिस्सा ४५ प्रतिशत बढि
कृषि बालीको उत्पादन र क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ । चालु आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.५२ प्रतिशत, तरकारी १८.५९ प्रतिशत, नगदेबाली १५.१५ प्रतिशत, औद्योगिक बाली ११.४७ प्रतिशत, फलफूल ५.९३ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.९ प्रतिशत, तरकारी १८.०४ प्रतिशत, नगदेबाली १५.३८ प्रतिशत, औद्योगिक बाली ११.३७ प्रतिशत तथा फलफूल ६.१३ प्रतिशत रहेको थियो ।
७.२८ आर्थिक वर्ष २०८१र८२ मा कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७०.९६ प्रतिशत रहने अनुमान छ । त्यसैगरी नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७१.४८ प्रतिशत, नगदेबाली ९.७८ प्रतिशत, तरकारी ६.७७ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत रहेको थियो ।