समाचार

नेपालीको प्रतिव्यक्ति आय १५१७ डलर पुग्यो

Banner

काठमाडौं, जेठ १५-

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/ ८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । यसका साथै प्रतिव्यक्ति कूल राष्ट्रिय आय बढेर १५१७ अमेरिकी डलर पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>