राजनीति

गणतन्त्र दिवसमा एमालेले निकालेको र्‍याली

Banner

काठमाडौँ, जेठ १५-

नेकपा (एमाले)ले बिहीबार गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटी, १५ वटा निर्वाचन क्षेत्र, जनसंगठनहरू र सम्पर्क समन्वय समितिसमेत परिचालन गरेर एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाएको हो।

गणतन्त्र दिवसलाई उत्सवका रूपमा बदल्न एमालेका झाँकीहरू अझै पनि निस्किइरहेका छन्।एमालेका कार्यकर्ताहरूले भृकुटीमण्डपमा भेला भएर टुँडिखेल परिक्रमा गर्दैछन्।

एमालेले दिउँसो २ बजेसम्म रत्नपार्क आसपास र्‍याली प्रदर्शन गर्नेछ। त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्न दिने प्रशासनको तयारी छ।

एमालेको र्‍यालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिवद्वय पद्मा अर्याल र योगेश भट्टराई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायत नेता सहभागी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>