चितवन विशेष

युवा संघ भरतपुरद्धारा विरामीलाई फलफुल प्रदान

Banner

चितवन, जेठ १५-

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटीले भरतपुर अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारेर आज (बिहीबार) विरामीहरुका लागि फलफुल वितरण गरेको हो । करिव १०० विरामिहरुका लागि फलफुल र पौष्टिक आहार हस्तान्तरण गरी गणतन्त्र दिवस मनाएको संघका अध्यक्ष राम कार्कीले जानकारी दिनुभयो ।

सो कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शंकर अधिकारी , विशिष्ठ अतिथिहरु नेकपा (एमाले) वागमति प्रदेश कमिटी सदस्य, महानगर ईन्चार्ज रामप्रसाद न्यौपाने, पार्टी जिल्ला सचिव प्रकाश ढुंगाना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु अमृता भट्टराई, संगठनका जिल्ला अध्यक्ष झलकराज भट्ट निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल लगायत संगठनका वागमति प्रदेश कमिटि सदस्य महानगर ईन्चार्ज कृष्णप्रसाद अधिकारी, रोजिना भट्टराई एवं पार्टिका तथा संगठनका जिल्ला, महानगरकमिटीका नेताहरुको उपस्थिति रहेको थियो।

चितवन जिल्लामा महानगरले जस्तै राप्ती नगरकमिटीले विपन्नलाई आर्थिक सहयोग, खैरहनी नगरकमिटी लगायत सम्पुर्ण पालिका कमिटीहरुमा दिप प्रज्जवलन गरि मनाउने कार्यक्रम रहेको चितवन जिल्ला सचिव उत्तम सेढाईले वताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>