चितवन विशेष
नारायणी पब्लिकमा खुल्ला फुटसल प्रतियोगिता

चितवन, जेठ १५-
नारायणी ई. पब्लिक स्कुल भरतपुर ११ को आयोजनामा प्रथम एसईई कप खुल्ला फुटसल प्रतियोगिता २०८२ को औपचारीक रुपमा सुरुवात भएको छ । बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन हिजो नयाँ सबुज दल गणका मेजर जिव बहादुर थापाले गर्नुभयो । प्रमुख अतिथि मेजर थापाले खेल मात्र खेल नभई जीवन स्वस्थ र निरोगी बनाउने औँषधी रहेको बताउनु भयो ।
विभिन्न शौक्षिक संथाहरु बाट ३६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरण उत्कृष्ट प्रदशन देखाउदौ १८ वटा समुहहरु दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संचालक दिवाकर पौड्यालले बताउनुभयो । सहभागी टिमहरु मध्य पहिलो हुने टिमले नगद रु दश हजार सहित मेडल, ट्रफी पाउनेछन् भने द्धितीय हुने टिमले नगद रु पाँच हजार सहित मेडल, ट्रफी पाउनेछन् । सो कार्यक्रममा प्राथमिक उपचारको प्राबिधिक सहयोग पुरानो मेडिकल कलेजको रहेको थियोे । प्रतियोगिता विद्यालयको सुविधा सम्पन्न आफ्नै फुटसल हलमा जारी छ ।
विद्यालयका प्राचार्य बेदराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका ं२ कोडिनेटर जनक राज घिमिरे , विद्यालयकी निर्देशक अनिता खनाल, विद्यालयका एकेडेमिक हेड प्रकाश सिक्देल, प्रशासन प्रमुख दिपक ढुङ्गाना, आधारभुत तह प्रमुख सन्तोस रिमाल रहनुभएको थियो ।