चितवन विशेष

“मेट्स इन्टरनेशनल मल्टी नेशन एजुकेशन फेयर २०२५” यही जेठ १६ गते नारायणगढमा हुने

Banner

नारायणगढ, जेठ १५-

नेपालकै पुरानो र अग्रणी शैक्षिक परामर्शदाता संस्था मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले यही २०८२ साल जेठ १६ गते -२०२५ मे ३० तारिख_ नारायणगढमा एक भव्य शैक्षिक मेला “मेट्स इन्टरनेशनल मल्टि नेशन एजुकेशन फेयर २०२५” आयोजना गर्ने भएको छ।

उक्त मेला मेट्स इन्टरनेशनलको आफ्नै कार्यालय, शहीदचोक, नारायणगढमा आयोजना गरिनेछ, जसको समय बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ।

कार्यक्रममा अमेरिका, युके, क्यानडा, अष्ट्रेलिया लगायतका देशका ३० भन्दा बढी युनिभर्सिटी तथा कलेजका नेपालस्थित प्रतिनिधिहरूको उपस्थिति रहने जानकारी आयोजक संस्थाले दिएको छ।

शैक्षिक मेलामा विद्यार्थीहरू तथा अभिभावकहरूले विश्वविद्यालय तथा कलेज छनोट, शुल्क संरचना, छात्रवृत्ति योजना, भिसा प्रक्रिया जस्ता विषयमा विशेषज्ञ प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन्।

साथमा बैंकका प्रतिनिधीहरूको पनी उपस्थित रहने कार्यक्रममा विधार्थी तथा अभिभावकले शैक्षिक कर्जा लगायत बैंकिंग प्रोसेसका सम्बन्धमा संपूर्ण जानकारी लीन सक्नू हनेछ ।

साथै, IELTS तथा PTE सम्बन्धी विशेष ओरिएन्टेसन कक्षा पनि कार्यक्रमको हिस्सा हुनेछ, जसलाई ब्रिटिश काउन्सिल र पियर्सनका प्रतिनिधिहरूले सञ्चालन गर्नेछन्। साथै, वित्तीय योजना सम्बन्धी विशेष कक्षा (Financial Orientation) पनि अनुभवी काउन्सलरद्वारा प्रदान गरिनेछ।

अझ विशेष कुरा के भने, मेला अवधिभर सहभागी विद्यार्थीहरूका लागि IELTS र PTE तयारीमा ५०% देखि १००% सम्म छुट उपलब्ध गराइनेछ। त्यसैगरी, सोही दिन प्रक्रिया अघि बढाउने विद्यार्थीहरूलाई कन्सल्टेशन शुल्कमा पूर्ण छुट साथै तयारी कक्षामा १००% सम्म छुट दिइने आयोजकले जनाएको छ।

यति मात्र नभई, उपस्थित विद्यार्थीहरूलाई एयरपड, ब्याग, टि-शर्ट, डायरी र पेन जस्ता आकर्षक गिफ्टको पनि व्यवस्था गरिएको छ।  मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख श्री प्रकाश पौडेलका अनुसार, “यो मेला विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अत्यन्तै उपयोगी अवसर हुनेछ, जहाँ उनीहरूले एकै स्थानमा विभिन्न मुलुकका शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्न पाउनेछन्।

 

mmmmmm

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>