खेलकुद

माधवपुर गोल्डकप: हेटौडा फुटबल एकेडेमीलाई हराउँदै अभिषेक चर्च रजहर फाईनलमा

Banner

चितवन, जेठ १४-
रत्ननगर-१५ को माधवपुर खेलकुद विकास समितिद्वारा आयोजित दोश्रो माधवपुर गोल्डकप २०८२ को पहिलो सेमिफाईनलमा अभिषेक चर्च रजहर विजयी भएको छ । माधवपुर खेल मैदानमा बुधबार सम्पन्न खेलमा हेटौडा फुटबल एकेडेमीलाई ट्राईब्रेकरमा ७-६ ले पराजित गर्दै अभिषेक चर्च प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलको दौरान दुवै टिमले केही आक्रमणको अवसर पाएपनि गोलमा परिणत हुन सकेनन् ।
खेलमा पेनाल्टी सुटआउट रोकेका अभिषेकका गोलकिपर अनुप राना मगर प्लेयर अफ दि म्याच घोषित भए । विहिवार हुने दोस्रो सेमिफाइनल खेलमा एपीएफ र न्यु पञ्चदिप युवा क्लब सालघारी भिड्नेछन् ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा भईरहेको प्रतियोगिताको फाईनल खेल जेठ १७ गते हुनेछ। राष्ट्रियस्तरका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिनेछ। प्रतियोगिताको म्यान अफ द म्याच पुरस्कार टाँडीमा रहेको टाँडी रत्ननगर पोलिक्लिनिकले प्रायोजन गरेको छ भने खेल अवधीभरको लागी आकस्मिक उपचार सेवा मौलाकालिका अस्पताल भरतपुरले उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>