चितवन विशेष

अन्डर-१९ चितवन च्याम्पियनसिप हुँदै, क्रिकेट संघ र सेन्ट्रल कलेजबिच सम्झौता

Banner

भरतपुर,जेठ १४-

चितवनमा यही जेठ २१ गतेदेखि ‘अन्डर–१९ चितवन च्याम्पियनसिप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन क्रिकेट संघको आयोजनामा २४ गतेसम्म हुने प्रतियोगितामा चार टिम सहभागि हुनेछन । प्रतियोगिताका लागि बिहीबार संघ र सेन्ट्रल कलेजबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष पिया र कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल पौडेलले कलेजले खेल क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताउनुभयो । कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके युएसए, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ ।

प्रतियोगिताका लागि जेठ १७ गतेसम्म आवेदन खुल्ला गरिएको चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि खेलाडिको छनोट १९ गते नारायणगढको क्याम्पाचौरमा हुनेछ । चितवनको निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने प्रतियोगितापछि अन्डर १९ खेल्ने जिल्लाको टिम तयार गरिने पियाले बताउनुभयो । नयाँ टिमलाई क्रिकेट संघका कोच संजम रेग्मीले प्रशिक्षण दिनुहुनेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडिलाई पुरस्कार वितरण गरिने आयोजक चितवन क्रिकेट संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>