चितवन विशेष
स्टार्स मन्टेश्वरीले १५ औं वार्षिकोत्सब मनाउँदै,कलाकार गौरी मल्ल आउने

भरतपुर,जेठ १४-
चितवनको भरतपुरस्थित स्टार्स मन्टेश्वरीले १५ औं वार्षिकोत्सब विविध कार्यक्रम गरेर मनाउने भएको छ । भरतपुर ११ मालपोत चोक नजिकै रहेको मन्टेश्वरीले भोली (बिहीबार) हाकिमचोकस्थित सिएमटी रिसोर्टमा विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सब मनाउन लागेको हो ।
सो अवसरमा बरिष्ठ कलाकार गौरी मल्ल प्रमुख अतिथिको रुपमा आउने मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश राना मगरले जानकारी दिनुभयो । सो अवसरमा लामो समयदेखि सरकारी विद्यालयमा अध्ययापन गराई अवकास प्राप्त शिक्षक तथा नारायणी नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद थापालाई सम्मान लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मान गरिने उहाँले बताउनुभयो ।
मन्टेश्वरीलाई यस स्थानसम्म ल्याइ पुर्याउन मद्दत गर्ने संघसंस्था र व्याक्तिलाई समेत वार्षिकोत्सबमा सम्मान गरिने उहाँको भनाई छ ।
यस्तै वार्षिकोत्सब समारोहमा विद्यालयमा कार्यरत कर्मचारीहरुको सांस्कृतिक एवं नृत्य प्रस्तुती रहनेछ । २०६५ सालमा पोखरामा स्थापना भएको यस मन्टेश्वरी चितवनको मालपोतचोकमा २०६७ सालमा स्थापना भएको थियो । त्यसयता यस एकेडेमीले आफ्नो उत्कृष्ट शिक्षण सिकाइका साथसाथै विभिन्न फरक क्रियाकलापहरु गर्दै आइरहेको छ ।