समाचार

राजावादी प्रदर्शनलाई ठाउँ नदिने सरकारको तयारी

Banner

काठमाडौं, जेठ १३-

राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन् । काठमाडौंमा प्रदर्शन गर्ने भनिए पनि उनीहरूले अहिलेसम्म प्रशासनसँग अनुमति माग गरेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्दनेले त १५ जेठदेखिको कार्यक्रम कुनै सभा नभई विद्रोह भएको र विद्रोहका लागि ठाउँ लिनु आवश्यक नै नरहेको बताएका छन् ।

तर, उच्च सरकारी स्रोतबाट प्राप्त सूचनाअनुसार राजावादीहरूलाई प्रदर्शन गर्न ठाउँ नै नतोक्ने सरकारी तयारी छ । यो व्यवस्था उल्ट्याउन प्रदर्शन गर्ने भनिएको छ । ठाउँमा प्रदर्शन गरेर व्यवस्था उल्ट्याऊ भनेर ठाउँ दिनु ठिक नभएको सरकारको भनाई छ ।

सरकारको यो तयारीबारे पूर्वसूचना पाएरै राजावादीहरूले अहिलेसम्म प्रदर्शनका लागि प्रशासनसँग ठाउँ मागेका छैनन् । प्रदर्शनका लागि ठाउँ नै नदिएको वा नतोकिएको अवस्थामा गरिएका भड्काउ प्रदर्शनमा भने सुरक्षा निकाय कडा रूपमा प्रस्तुत हुने बताइएको छ । प्रदर्शनका लागि अनुमति समेत नलिएको र व्यवस्था नै उल्टाउने भनेर अराजक प्रदर्शन भएको अवस्थामा स्थिति मुठभेडसम्म जानसक्ने खतरा रहेको सुरक्षाका जानकारहरूको बुझाइ छ ।

एकातर्फ यो अवस्था छ भने अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण समेत १५ जेठको सुरक्षा चुनौती थपिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>