चितवन विशेष
दीप प्रज्वलन गर्दै प्रेस यूनियनले मनायो स्थापना दिवस

चितवन, जेठ १३–
नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा चितवन शाखाले दीप प्रज्वलन गरेको छ ।
भरतपुर–११, स्थित बसेनीमा रहेको नेपाल प्रेस यूनियन, मैयाँदेवी सूचना केन्द्रमा मंगलबार साँझ दीप प्रज्वलन गरी यूनियनको स्थापना दिवस मनाइएको हो । यूनियनका जिल्ला अध्यक्ष अनिल ढकालले लोकतन्त्रवादी पत्रकारहरुको साँझा संस्था प्रेस यूनियनको स्थापना दिवसको अवसरमा सबैमा शुभकामना दिनुभयो ।
नेपाल प्रेस यूनियनको वि.सं.२०४८ जेठ १३ गते स्थापना भएको हो । पूर्वमन्त्री समेत रहेका जयप्रकाश गुप्ताको नेतृत्वमा नेपाल प्रेस यूनियनको स्थापना भएको थियो । यूनियनले पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आइरहेको छ ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य अर्जुन अधिकारी, यूनियनका बागमती प्रदेश महासचिव पूर्ण शर्मा, प्रेस यूनियन चितवनका पूर्व अध्यक्ष गणशेखर शर्मा, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिव सृजना अर्याल, नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षहरु कृष्ण भण्डारी, कृष्ण गिरी, महासंघका वर्तमान सल्लाहकार प्रकाश ज्ञवाली, महासंघका उपाध्यक्ष शान्ता अधिकारी, प्रेस सेन्टरका अध्यक्ष राजेन्द्र आचार्य, प्रेस सेन्टर भरतपुर महानगर अध्यक्ष किशोर सापकोटा, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव सन्दीप कुमार श्रेष्ठ, प्रेस चौतारीका नेता शालिग्राम नेपाल, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य घनश्याम चापागाई, जिल्ला सदस्य माया देवकोटा, मावन अधिकार तथा शान्ति समाज चितवनका अध्यक्ष पूर्णचन्द्र चापागाईलगायतको उपस्थिति रहेको थियो ।