Uncategorized
सभापति देउवा निवासमा मेरो बारेमा कुराकानी भएकोमा अचम्म लागेको छः शेखर कोइराला

विराटनगर, जेठ १३-
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवासमा हालै आफ्नो विषयमा कुराकानी केन्द्रित रहेको सुन्दा अचम्म लागेको टिप्पणी गरेका छन्।
जेठ १२ गते सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक भएको थियो। उक्त बैठकमा गृहमन्त्री रमेश लेखकबारे अभिव्यक्ति दिएका शेखर कोइराला, राजेन्द्र बजगाई र सुनिल शर्मालाई स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको थियो।
शेखरले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा सभापति देउवा निवासमा भएको उक्त छलफलप्रति लक्ष्य गर्दै अचम्म लागेको बताएका हुन्।
मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ उनले भने।
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर-राजनीति र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिँकतै नबोलेकोमा आफू छक्क परेको बताए।