देश/प्रदेश

क्लासिक टेकले ल्यायो ‘इन्टरप्राइज प्रो इन्टरनेट स्पीड’

Banner

काठमाडौँ, जेठ १३–

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर ‘इन्टरप्राइज प्रो इन्टरनेट स्पीड’ सार्वजनिक गरेको छ । क्लासिक टेकले एक हजार एमबीपीएस अर्थात् १ जिबिपीएस ‘इन्टरप्राइज प्रो इन्टरनेट स्पीड’ सार्वजनिक गरेको छ ।

यसमा पब्लिक आइपी एडरेस, एलटु सपोर्ट, वाइफाइ ६ राउटर निःशुल्क रहेको क्लासिक टेकले जनाएको छ । विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तैः होस्टेल, स्कूल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको कम्पनीले जनाएको छ । साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिदा प्रायः स्पीड कम हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीडको माग अनुसार ‘इन्टरप्राइज प्रो इन्टरनेट स्पीड’ प्याकेज सार्वजनिक गरिएको हो ।

१ जिबिपीएसको मूल्य एकदमै कम रहेको र हाल अफर समेत राखिएको कम्पनीले जनाएको छ । यसको प्याकेज मासिक ७ हजार २९९ रुपैयाँबाट शुरु हुन्छ । यति मात्र नभई ५०० एम बिपीएसको ‘इन्टरप्राइज प्रो’ पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>