Breaking News

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि बिहान ११ बजे

Banner

काठमाडौं, जेठ १३-

प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो । आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो ।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए । तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन ।

गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>