चितवन विशेष
घर बहाल उपभोक्ता मञ्च चितवनले भन्योः घरबहाल कर घरधनीले तिर्नुपर्छ

चितवन, जेठ १२-
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले घरधनीलाई नै घरबहाल कर बुझाउन अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ती जारी गर्दै व्यावसायीक सटर र जग्गाको कर सम्बन्धित घरधनीले नै तिर्न अपिल गरेको हो ।
मञ्चका अध्यक्ष जनकलाल कट्टेलले घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था भएको भन्दै भाडावालाले घरबहाल कर नर्तिन समेत विज्ञप्ती मार्फत आह्वान गर्नुभएको छ ।
‘भरतपुर महानगरपालिका र नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनबिच पटक पटकको छलफल र समन्वयमा गत वर्ष बहाल कर नियमअनुसार घरधनिहरुबाटै अशुल्नको लागि महानगरपालिकाका २९ वटै वडाहरुमा पत्राचार भएको छ । कतिपय वडाहरुमा यसको कार्यान्वयन हुन सकेको छैन, यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिन्छ,’–कट्टेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उहाँले चितवनका सातै पालिकामा यो निर्णय कार्यान्वन गर्न समेत आग्रह गर्नुभएको छ । व्यवसाय कर बुझाउन जाँदा बहाल कर बुझाउन बाध्यता भएको अवस्थामा नेपाल घर बहाल उपभोक्ता मञ्चामा जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो । साथै महानगरपालिका भित्रका सम्पूर्ण उद्योगी व्यवसायहरुले आफुले सञ्चालन गरेका व्यवसाय कर समयमै बुझाउन आह्वान समेत मन्चले आग्रह गरेको छ ।