चितवन विशेष
चितवनका दिलिपले दिए युवा संघको अनुशासन आयोगको सचिव पदमा उम्मेद्वारी

चितवन, जेठ १२-
राष्ट्रिय युवा संघ नेपालको अनुशासन आयोगको सचिव पदमा चितवनका दिलिप लामिछानेले उम्मेद्वारी दिएका छन् । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनमा लामिछानेले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
संगठनभित्र लोकप्रिय, विश्वासिलो र निष्ठावान नेताको छवि बनाएका पहिचान बनाएका लामिछानेले आफ्नो राजनीतिक यात्रा कालिका नगरपालिकाबाट सुरु गर्दै केन्द्रिय स्तरसम्म पु¥याएका छन् ।
“समृद्ध नेपाल, सुखी नेपाली“ भन्ने राष्ट्रिय ध्येय साकार पार्ने अभियानमा युवाको अग्रणी भूमिलाई स्थापित गर्नका लागि आफुले उम्मेद्वारी दिएको लामिछानेले बताए । संगठनमा लामो अनुभव, अनुशासनप्रतिको निष्ठा, र कामप्रतिको इमानदारीका कारण अनुशासन आयोगको सचिव पदका लागि उम्मेद्वारी दिएको उनले बताए । उनले विगतमा युवा संघमा गरेको कामको मुल्यांकन सहित आगामी दिनमा गर्न सक्ने योगदानलाई मुल्यांकन गरेर विजय गराइदिनुहुन सम्पूर्ण मतदातालाई आह्वान समेत गर्नुभएको छ ।
पार्टीका युवा सदस्यहरूबीच लोकप्रिय रहेका लामिछानेले आफूलाई राष्ट्र, संगठन र युवा अधिकारको पक्षमा समर्पित गर्ने उनको दाबी छ । उनले काठमाडौं–चितवन सम्पर्क मञ्चको अध्यक्षको रूपमा प्रभावशाली नेतृत्व प्रदान गरेसँगै युवा विज्ञ परिषद्का सदस्यको भूमिकामा समेत उल्लेखनीय जिम्मेवारी निर्वाह गरिसकेका छन् ।