घटना -दुर्घटना

सल्यानबाट तुलसीपुर आउँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

Banner

दाङ, जेठ ११-

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको जिप आइतबार दिउँसो दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् ।

सल्यानको रिमबाट दाङको तुल्सीपुर आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आइतबार दिउँसो साढे १ बजे सल्यानको कपुरकोट गाउँपालिका – ३ सातबासमा दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार दुर्घटनामा परि १२ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइते हुनेहरूमा कपुरकोट गाउँपालिका – ५ की १५ वर्षीया सपना बुढाथोकीको अवस्था गम्भीर छ। उनको ढाड, टाउको र पेटमा चोट छ।

त्यस्तै अन्य घाइतेहरु कपुरकोट – २ का ५५ वर्षीय गोरेलाल बोहोरो, कपुरकोट – ४ की ४६ वर्षीया सीमा बुढा, कपुरकोट – ५का ३८ वर्षीय बिजय बुढाथोकी, सोही ठाउँकी ६७ वर्षीया मनजिता बोहोरा र ३२ वर्षीया भिमा बुढाको अवस्था मध्यम छ।

त्यस्तै कपुरकोट – ५ की चन्द्रकला महतारा, सोही ठाउँकी १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशिना महतारा घाइते भएका छन्।

घाइतेहरूको उपचार बाँकेको कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>