चितवन विशेष
महिन्द्राको १.७ टन भार क्षमताको बोलेरो पिकअप चितवनको बजारमा, के–के छन् विशेषता ?

भरतपुर,जेठ ११-
अग्नी ग्रुपले नेपालमै पहिलोपटक १.७ टन (१ हजार ७ सय केजी) भार क्षमताको महिन्द्रा बोलेरो पिकअप भित्राएको छ । आज देशैभर एकैपटक अग्नी गु्रपले पिकअप सार्वजनिक गरेको हो । चितवनको भरतपुरस्थित महिन्द्राको आधिकारीक बिक्रेता सेन्ट्रल अटो जोनले पिकअप सार्वजनिक गर्दै यसका विशेषताबारे चितवनबासीलाई जानकारी गराएको छ ।
यस गाडी नेपालका लागि सुहाउँदो र व्यवसायीक सवारीको रुपमा महत्वपूर्ण रहेको सेन्ट्रल अटोजोनका अध्यक्ष राजेन्द्र बाटाजुले जानकारी दिनुभयो । नेपालमा बलियो र बढि क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै महिन्द्राले यस पिकअप बजारमा ल्याएको उहाँले बताउनुभयो ।
यसमा ६३ विएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने, २.५ लिटरको एमटु–डिआइ– सिआर डिजेल इन्जिन रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ र ९ पाता स्प्रिङ सस्पेन्सन रहेको छ । यसले गर्दा भारी लोडमा पनि सहज रुपमा गुड्न सक्ने अध्यक्ष बाटाजुले बताउनुभयो । यस गाडीमा चालकका लागि आरामदायी सिट र हेडरेस्ट आदि बिशेषतासमेत रहेको छ ।
नेपाली ग्रहाकका लागि २५ लाख ६५ हजार रुपैंयामा यो पिकअप गाडी उपलब्ध रहेको छ । असार महिनासम्म खरिद वा बुकिङ गर्नेहरुका लागि ९.९९ प्रतिशत व्याजदरमा गाडी उपलब्ध गराइने सेन्ट्रल अटो जोनका म्यानेजर राजकुमार बरालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
सो अवसरमा अग्नी गु्रपका एक्जुकेटिभ सिनियर म्यानेजर रणबिर कुमार यादबले नेपालमा सबैभन्दा राम्रो पिकअप भित्रिएको हुँदा ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्य पिकअपमा भन्दा यसमा धेरै विशेषताहरु रहेको जानकारी दिनुभयो । चितवन अटोमोवाइल डिलर एशोसियसनका अध्यक्ष राजन पियाले महेन्द्र गाडी विश्वमानै उत्कृष्ट रहेको भन्दै नेपाली सडकमा उपयोगी रहेको बताउनुभयो । आज चितवनसंगै काठमाडौं, पोखरा, बिराटनगरका महिन्द्र शोरुमहरुमा समेत नयाँ पिकअप सार्वजनिक गरिएको छ ।