इच्छकामना

मनकामना दर्शनका लागि आएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

Banner

कुरिनटार,जेठ ११-

मनकामना मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर भारतको गुजरात पालनपुरका ६२ वर्षिय मन्नु प्रसाद भट्टको मृत्यु भएको हो । भट्ट आइतबार बिहान ८ः३० बजे केवलकार चढेर परिवारका साथ मनकामना दर्शनगर्न जाने तयारीमा रहेका भट्ट शौचालयमा अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो ।

भट्टलाई आफन्तले उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा ल्याएकोमा चिकित्सकले ९ः४४ बजे मृत घोषणा गरेका थिए । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>