चितवन विशेष
सर्वोच्चको निर्णय मान्छौं, हाम्रो पार्टी सभापति रवि नै होः उपसभापति वाग्ले

चितवन, जेठ १०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्च अदालतको आदेश मान्दै सभापति रवि लामिछानेको न्यायका लागि कानुनी र राजनीति लडाइ लड्ने बताएका छन् । आज (शनिवार) चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दालाई राजनीतिकरण गरिएको दावी गर्दै न्यायका लागि कानुनी र राजनीति लडाइ लड्ने बताएका हुन् ।
‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्य धारण गरेर शक्ति आर्जन गर्दै अगाडी बढ्नुपर्छ, हामी बिधिको शाशनमा बिश्वास गर्ने भएकाले अमर्यादित टिकाटिप्पणी नगरौँ’ उनले अगाडि थपे ‘यो राजनीतिक मुद्दा हो । राजनीति लडाइ हामी राजनीतिक मैदानमा लड्छौँ भन्ने संकल्प गरेर अगाडि बढ्छौँ ।’
उपसभापति वाग्लेले लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर फसाएको समेत दावी गरे । यसको प्रतिकार मतदानबाट जनताले गर्ने चेतावनी समेत दिए ।
उनले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनिती बनाएर अघि बढ्ने बताए ।
‘केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ, उनले भने,‘संसद र सभाहरुमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधवत रुपमा अगाडि बढ्छौं ।’ उनले सर्वोच्च अदालतप्रति संयमित भएर टिकाटिप्पणी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । ‘सवोच्च अदालतले पनि चेतावनी भाषामै बोलेको छ । जथाभावि लेख्ने न्याय प्रकृयालाई नै अवरोध गरेको मानिने भनेको हुनाले समालिएर जानुपर्दछ,’ उनले भने ‘न्याय प्राप्तिको प्रकृया एकातिर छ, राजनीतिक प्रतिशोध साधेँका हुन भन्ने कुरामा हामी प्रष्टहुनुपर्छ ।’
उनले अबपनि पार्टीको सभापति रवि लामिछानेनै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर प्रधानमन्त्री बनाउने संकल्प गरेको बताए । उनले २०८४मा बहुँमत ल्याउनका लागि लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।