राजनीति
क्यान्सर बिरामीलाई किमो निःशुल्क गर्ने तयारी भइरहेको छः स्वास्थ्यमन्त्री पौडेल
०

काठमाडौँ, जेठ १०-
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्।
मोरङको धनपालथान गाउँपालिकास्थित सोसभागमा शनिबार आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरेका हुन्।
मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्र र विभिन्न संघसंस्थाहरूको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए।
‘स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गरी आम जनताले सुलभ र सरल रूपमा सेवा पाउने सुनिश्चितता भए मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी र पूर्वाधार विस्तार आवश्यक छ।’