खेलकुद

शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

Banner

काठमाडौं, जेठ १०-

युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआर्ई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन् ।

टोलीको उपकप्तानमा रिषभ पन्त छन् । त्यस्तै बाँयाहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् ।

२५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा हुन्। यसभन्दा अघि मन्सूर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा छन्।

यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो । यसै महिना रोहितपछि अर्का स्टार ब्याटर विराट कोहलीले सन्यास लिएका थिए । रविचन्द्रन अश्विनले यसअघि नै टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>