समाचार
वरिष्ठ अधिवक्ताद्वय त्रिपाठी र भण्डारीले भनेः रविलाई कुनै हालतमा छोड्नु हुँदैन
०

काठमाडौं, जेठ ९-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । आजको सुनवाइमा जाहेरीकर्ताको तर्फबाट तीन वकिलले बहस गरे ।
वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी तथा अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जाहेरीकर्ताको तर्फबाट बहस गरेका हुन् । उनीहरु दुवैले कडा स्वरमा बोल्दै रविलाई कुनै पनि हालतमा थुनामुक्त गर्न नहुने अपिल न्यायाधीशसमक्ष गरेका थिए ।
सुरेन्द्रले रविलाई पक्राउ गर्दा प्रक्रिया नमिलेको स्वीकारोक्ति गरेका छन् । तर पछि प्रक्रिया मिलाइएको उनको दावी छ ।
अर्का वरिष्ठ अभिवक्ता त्रिपाठीले रविलाई ‘बेल’ दिने वित्तिकै उच्च अदालतमा रहेका निवेदन उपरको सुनवाइ प्रभावित बन्ने तर्क गरे ।