समाचार

जेठ १५ गते राजावादीको प्रदर्शन लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैनः प्रहरी

Banner

काठमाडौं, जेठ ९-

राजावादीहरूले १५ जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको प्रहरीले बताएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताए ।

त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे ।

यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>