राजनीति

राजसंस्थाबारे देउवाको अभिव्यक्ति भन्दै गलत प्रचार गरेकोप्रति कांग्रेसको आपत्ति

Banner

काठमाडौं, जेठ ८-

सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाकाबारे भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>