बलिउड/हलिउड

सारीमा ऐश्वर्याको कान्स सौन्दर्य

Banner

काठमाडौं, जेठ ८-

यस्तो लाग्छ, कान्स फिल्म फेस्टिभल र ऐश्वर्या राय पर्याय हुन् । यी ‘ब्युटी क्वीन’बिना कान्सको रेडकार्पेट अधुरो महसुस हुन्छ । कान्स सुरु भएको सातापछि उनै बलिउड डीभाले कान्समा आफ्नो सौन्दर्य छरिन् ।

ऐश्वर्याको यसपटकको यसपटकको कान्स सहभागिता अघिपछि भन्दा अर्थपूर्ण रह्यो । उनले सिन्दूर लगाएरै रेडकार्पेटमा सौन्दर्य प्रस्तुत गरिन् । हुन त,अर्की अभिनेत्री अदिती राव हैदारीले पनि सिन्दूर लगाइन् । तर, चर्चा ऐश्वर्याको भयो ।

उनले सिँउदोमा लगाएको सिन्दूरलाई लिएर दुई कोणबाट ब्याख्या भैरहेका छन् । एकथरीले अभिषेक बच्चनसँग डिभोर्स नभएको सन्देशको रुपमा ऐश्वर्याले सिन्दूर लगाएको तर्क गरिरहेका छन् भने अर्कोथरीले पाकिस्तानसँग भारतले हालै गरेको ‘अप्रेसन सिन्दूर’को समर्थन गरेको रुपमा लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>