राजनीति

पोखरा विमानस्थल निर्माणको अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

Banner

काठमाडौं, जेठ ७

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको अध्ययन अनुगमन उपसमितिको बहुचर्चित प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको छानविन समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा केही भाषा शुद्धता मिलाउँदै अख्तियार पठाउने निर्णय गरेको हो । अध्यक्ष लिङदेनका अनुसार, समितिको पूर्ण बैठकले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता तथा भ्रष्टाचार भएको, निर्माण प्रक्रियामा पनि आर्थिक तथा प्राविधिक अनियमितता भएको, निर्माण सम्झौता विपरीत २ अर्ब २२ करोड ४० लाख कर छुटमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

यस्तै निर्माणक्रमको प्रारम्भदेखि अहिलेसम्मका सबै प्रकारका अनियमितताहरूमा व्यापक अध्ययन अनुसन्धान गरेर अनियमिता र भ्रष्टाचारमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने निष्कर्ष पनि समितिको छ ।

समिति सभापति ऋषिकेश पोखरेलले छानबिन गर्ने निकाय समिति नभएको बताउँदै आफूहरुले तयार पारेको प्रतिवेदनमाथि थप अध्ययन अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाउन अख्तियारलाई निर्देशन दिएको बताए।

अध्ययन प्रतिवेदनमा निर्माणको सुरुवातदेखि अहिलेसम्म १० अर्ब बढी अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>