Breaking News

चितवनमा जोगीको भेषमा चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ

Banner

चितवन, जेठ ७–

चितवनमा जोगीको भेषमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १० बालमन्दिर रोडस्थित पीडितले जोगीको भेषमा आई तन्त्र मन्त्र गरी लठ्ठ पारेर नगद र सुनको मुन्द्रा चोरी गरेको बताएपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोली उनीहरुको खोजीमा खटिएको थियो । प्रहरीले उक्त हुलिया भएको मानिसहरुको खोजतलास गर्ने क्रममा रत्ननगर नगरपालिका वडा न–६ सौराहाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत नंगल देवत, दक्षिण पश्चिमी दिल्ली घर भएका वर्ष १९ को नितिन नाथ र भारत नछफगढ साउथ वेस्ट दिल्ली घर भएका वर्ष २२ का मंजित रहेका छन् । प्रहरीले उनीहरुको साथबाट चोरी भएको नगद र सुनको मुन्द्रा फेला पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>