चितवन विशेष

नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुने

Banner

विपिन पाठक
चितवन, जेठ ७-
ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ।
भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो।
मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरेको छ। जस अन्तर्गत आर्थिक सङ्कलन उपसमिति संयोजक अभिषेक अधिकारी, प्रचार-प्रचार उपसमिति संयोजक विपिन पाठक,यातायात उपसमिति संयोजक नारायण प्रसाद न्यौपाने, प्राविधिक उपसमिति संयोजक रमेश नेपाल, अतिथि सत्कार उपसमिति संयोजक सिर्जना कण्डेल, मञ्च तथा स्वयंसेवक परिचालन समिति संयोजक अन्जन दवाडी, खाजा खाना व्यवस्थापन उपसमिति दिपक घिमिरे रहने व्यवस्था गरेको छ।
ब्लड डोनर्स सोसाइटी जिल्ला समितिका अध्यक्ष एकराज बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न उक्त बैठकको प्रमुख अतिथि ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने,महासचिव अन्जन दवाडी, सचिव अन्जन तिवारी, केन्द्रीय सदस्य सुरेन्द्र धिताल ब्लड डोनर्स सोसाइटी नेपालका सल्लाहकार राजु चौधरी नगर कमिटीका अध्यक्षहरू लगायतको विशिष्ट उपस्थिति रहेको थियो।
रक्तदान सम्बन्धी सचेतना जागृत गर्ने तथा नयाँ रक्तदाताहरूलाई उत्साहित गर्दै मानवीय सेवामा लाग्न थप ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>