क्रिकेट

बागमती प्रदेश छनोट खेल्न चितवन यु–१६ क्रिकेट टिमको बिदाई

Banner

चितवन, जेठ ७–

बागमती प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताका लागि चितवन टिमको बिदाई गरिएको छ ।

चितवन जिल्ला क्रिकेट संघले बुधबार कार्यालय परिसरमा एक कार्यक्रमकाबीच सूर्यांशु कोइरालाको कप्तानीमा रहेको चितवन यु–१६ टिमको बिदाई गरिएको हो । उनीहरुलाई संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष, उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी, चितवन सिनियर टिमका प्रशिक्षक संजम रेग्मी, संघका माडी संयोजक महादीप श्रेष्ठलगायतले चितवन टिमको बिदाई गरेको हो । संघका अध्यक्ष पियाले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्न आग्रह गरे ।

प्रतियोगितामा चितवनले पहिलो खेल भोलि (बिहीबार) नुवाकोटसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । उक्त खेल उप्पर मुलपानीमा हुनेछ । यस्तै चितवनले जेठ ९ गते ललितपुर, १० गते काठमाडौंसंग उप्पर मुलपानीमा खेल्नेछ भने तल्लो मुलपानीमा जेठ १२ गते भक्तपुर र सोही मैदानमा १३ गते मकवानपुरसंग खेल्ने छ ।

चितवन टिमः
सूर्यांशु कोइराला (कप्तान), रौनक शाह, अभिषेक यादव, अभय कँडेल (विकेटकिपर), कृष्ण भण्डारी (विकेटकिपर), पुरुषोत्तम कँडेल, दर्शिल शर्मा, सन्देश सुवेदी, दिवस सुवेदी, आभाष पौडे, शिक्षित सापकोटा, राजप्रताप क्षेत्री, आर्शिवाद रुवाली, प्रयोगराज खनाल ।
वैकल्पिक खेलाडीः दिवस नराल, रिजन लोहनी, उमाशंकर यादव, प्रिन्स पौडेल ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>