घटना -दुर्घटना

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

Banner

काठमा, जेठ ७-

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् ।

आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>