अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपालमा डलर पठाउँदा कर तिर्नुपर्ने व्यवस्था हुँदै

Banner

काठमाडौं,जेठ ७-

अमेरिकाको संसदीय समितिबाट सोमबार पारित भएको ‘वन बिग ब्यूटिफुल बिल एक्ट’मार्फत अमेरिकाबाट अन्य मुलुकमा डलर पठाउँदा कर लाग्ने व्यवस्था गर्न लागिएको छ । अमेरिकी प्रतिनिधिसभाको बजेट समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पको एक्ट अगाडि बढाउने निर्णय पारित गरेको हो । उक्त विधेयकले अमेरिकामा बसोबास गर्ने हजारौं अप्रवासी प्रभावित हुने छन् ।

यो बीलमार्फत अमेरिकाले आफ्नो मुलुकबाट रेमिट्यान्सको माध्यमबाट बाहिरी मुलुकमा डलर पठाउँदा कर लाग्ने प्रस्ताव गरेको छ । बीलमार्फत अमेरिकाबाट बाहिरिने हरेक पेनी र डलरमा ५ प्रतिशत अन्तःशुल्क (एक्साइज ट्याक्स) लाग्ने प्रस्ताव गरेको हो । यो बीलले कानूनी वैधता पाएको अवस्थामा एकसय डलर पठाउँदा अमेरिकी सरकारलाई ५ डलर कर तिर्नुपर्नेछ । एकहजार डलर पठाउँदा ५० डलर सरकारी कर लाग्नेछ ।

सन् २०२३ मा अमेरिकाबाट एकअर्ब २८ करोड डलर रेमिट्यान्सका रुपमा बाहिरिएको थियो । व्युटीफूल बील समितिबाट पारित भएपछि भारतमा चर्को हङ्गामा सुरु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।

भारतमा कुल रेमिट्यान्सको झण्डै २८ प्रतिशत अमेरिकाबाट मात्र प्राप्त हुन्छ । भारतीयहरुको आम्दानीको स्तर अमेरिकी (ह्वाइट) हरुको भन्दा पनि औसतमा बढी छ । किनभने भारतीयहरु सूचना प्रविधि, इञ्जिनियरिङ्ग, चिकित्सा, व्यापार व्यबसायमा निकै माथिल्लो तहमा छन् अमेरिकाभित्रै पनि । भारतले सन् २०२४ मा एकखर्ब १८ अर्ब ७० करोड डलर रेमिट्यान्सका रुपमा भित्राएको थियो । यस मध्य २८ प्रतिशत अमेरिकाबाट आएको थियो

रेमिट्यान्समा अन्तशुल्क लगाउने नीतिले सबैभन्दा ठूलो असर भारतीयहरुलाई पर्ने र त्यसले गर्दा भारतको रियलस्टेट (घरजग्गा) को क्षेत्रमा ठूलो प्रभाव पर्ने चर्चा सुरु भएको छ । तर अमेरिकी नागरिकता प्राप्तधारीले यो रेमिट्यान्स अन्तशुल्कबाट छुट पाउनेछन । तर ग्रीनकार्ड, वर्क परमिट, एचवानबी स्टाटसमा भएका व्यक्तिले भने यो करबाट छुट पाउने छैनन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>