खेलकुद

भरतपुर ६ र फूलबारी युग फुलबारी राइनो फुटबलको उपाधिका लागि भिड्ने

Banner

चितवन, जेठ ६-
खेलकुद बिकास समिति भरतपुर ६ र फूलबारी थुथ क्लब प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइलमा जीत हात पार्दै भरतपुर ६ र फूलबारी युथ उपाधि नजिक पुगेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर ६ ले काभभ्रेघाटलाई ४-० ले पाखा लगायो ।

अर्को सेमिफाइनलमा फूलबारी युथले पार्वती खुकुरी गाइजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा फूलबारी २-१ ले विजयी भयो । उपाधि भिडन्त ९ गते हुनेछ ।

श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>